३० फाल्गुन २०८२, शनिबार
सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक सहमतिका आधारमा संसदको गतिरोध छिट्टै अन्त्य हुने विश्वास व्यक्त गरेका छन् ।
गृहजिल्ला सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–२ स्थित मिलीजुली मातृशिशु बचत तथा ऋण सहकारीद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनःस्थापित सदनबाट नै राजनीतिक समस्याको समाधान निस्कने बताएका हुन् ।


जनताको मतबाटै सभामुखको जिम्मेवारीमा पुगेको जनाउँदै उनले जनताको विश्वास र भरोसालाई धोका नदिने बताए । सभामुख सापकोटाले बलेफी –३ फुल्पिङकोटमा फुल्पिङ्कोट स्वास्थ्यचौकी भवनको शिलान्याससमेत गरेका छन् ।