एमाले अधिवेशन : ४८ जिल्लामा नयाँ नेतृत्व चयन

होमल्याण्ड खबर

२०७८ पुष २७ गते, मंगलवार १०:४१ मा प्रकाशित

नेकपा (एमाले) ले ४८ जिल्लामा नयाँ नेतृत्व छानेको छ। गत शुक्रबार एकसाथ ६३ जिल्लामा अधिवेशन उद्घाटन गरेको एमालेले अहिलेसम्म ४८ जिल्लामा पार्टी नेतृत्व टुंगो लगाएको हो।

अधिवेशनबाट धेरै जिल्लामा सर्वसम्मत नेतृत्व छानिएका छन्। केही जिल्लामा निर्वाचनबाट नेतृत्वको टुंगो लगाइएको एमालेले जनाएको छ।अध्यक्ष केपी शर्मा ओलीले गएको शुक्रबार ६३ जिल्लाको अधिवेशन भर्चुअल माध्यमबाट एकैपटक उद्घाटन गरेका थिए।

यी हुन् एमालेका नयाँ जिल्ला अध्यक्ष :

प्रदेश १

१. झापा – दीपक कार्की

२. मोरङ – ऋषिकेश पोखरेल

३. खोटाङ – रामप्रसाद दंगाल

४. धनकुटा – इन्द्रमणि पराजुली

५. तेह्रथुम – तेजमान कन्दङवा

६ः पाँचथर – राजकुमार भण्डारी

७ः भोजपुर –शरण राई

८. इलाम- महेश बस्नेत

९. साेलुखुम्बु- डुफकुमार बास्ताेला

१०. उदयपुर- प्रमेश्वर घिमिरे

११. ओखलढुंगा–शंकर कटुवाल

प्रदेश २

१. सप्तरी – ताराकान्त चौधरी

वागमती

१. धादिङ – भूमी त्रिपाठी

२. काभ्रेपलाञ्चोक – अशोक ब्यान्जु

३. भक्तपुर – बचन देउजा

४. रसुवा – कर्णेल तामाङ

५. रामेछाप – आनन्दकुमार श्रेष्ठ

६. नुवाकोट – बद्री मैनाली

७. मकवानपुर – एकलाल श्रेष्ठ

८. काठमाडाैं – दीपक निराैला

९. ललितपुर – पुरुषोतम आचार्य

१०. सिन्धुली- कुमारबहादुर कार्की

११. दोलखा: नरबहादुर श्रेष्ठ गण्डकी

१२. गोरखा – प्रेम गुरुङ

गण्डकी

१. गोरखा – प्रेम गुरुङ

२. तनहुँ – श्रीप्रसाद श्रेष्ठ

३. म्याग्दी – देवेन्द्र केसी

४. लमजुङ – कृष्णप्रसाद अधिकारी

५. बागलुङ- हिराबहादुर केसी

६. पर्वत–राजु पौडेल

७‍. नवलपुर–मुक्ती पाण्डे

लुम्बिनी

१. पाल्पा – धनेन्द्रराज घिमिरे

२. गुल्मी – बालकृष्ण काउछा मगर

३. अर्घाखाची – पिताम्बर भुसाल

४. बाँके – किस्मत कुमार कक्षपती

५. बर्दिया – लालबहादुर श्रेष्ठ

६. दाङ – हुकुमबहादुर बस्नेत

७. रुपन्देही – तेजेन्द्र केसी

८. कपिलवस्तु – डम्मर शर्मा (निर्वाचित)

९. नवलपरासी (पश्चिम) – दीपेन्द्र अधिकारी (निर्वाचित)

१०. प्युठान–बिजयविराज विष्ट

कर्णाली

१. डोल्पा – शेरबहादुर बुढा

२. सल्यान – गोविन्द पुन मगर

३. जुम्ला – शान्तिलाल महत

सुदूरपश्चिम

१. डडेल्धुरा – प्रकाश साउद

२. बैतडी- सुरेन्द्र पाल

३. डोटी-चक्र मल्ल

४. कैलाली-रतन थापा

गैरभौगोलिक जिल्ला

१. मजदूर विशेष – जितेन्द्र श्रेष्ठ

२. पेशागत विशेष – उमेश ढकाल