३० फाल्गुन २०८२, शनिबार
नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुलप्रसाद बाँस्कोटाले पत्रकारितामा विश्वसनीयताको सङ्कट पैदा हुँदै गएको बताएका छन् । प्रेस चौतारी नेपाल काभ्रेको सातौं अधिवेशनलाई आज धुलिखेलमा सम्बोधन गर्दै उनले विश्वसनियताको सङ्कटले पत्रकारिताको महत्व घट्दै गइरहेको छ भनेका छन् ।
उनले भने, “नेपालमा निष्पक्ष पत्रकारिताको खाँचो पर्दै गयो, छिमेकी भारतभन्दा पुरानो इतिहास बोकेको नेपाली पत्रकारितामा निष्पक्षता क्षीण बन्दै गएकोमा ग्लानी हुन थालेको छ । ” अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

