राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

होमल्याण्ड खबर

२०७८ माघ २ गते, आईतवार १२:३८ मा प्रकाशित

माघ ३ गतेलाई बोलाइएको राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव डा.भरत गौतमले आइतबार सूचना जारी गर्दै माघ ३ गते सोमबार १ बजे बस्ने गरी निर्धारण गरिएको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको जनाएका हुन् ।

महासचिव गौतमले विशेष कारणबस बैठक बस्न नसक्ने जनाएका छन् ।