३० फाल्गुन २०८२, शनिबार
दुई महिना लामो उपचारपछि नेपाल फर्किएका नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन मंगलबार बिहानै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न खुमलटार पुगेका छन् । नेता पुनका सहयोगी सन्तोष पुनका अनुसार मंगलबार बिहानै पत्नी पूर्वसभामुख ओनसरी घर्तीमगरसहित पुन खुमलटार पुगेका हुन् ।
सोमबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुनले आफ्नो दाबी महासचिवमा रहेको उल्लेख गरेका थिए ।

