राष्ट्रियसभा निर्वाचन : कर्णालीमा ९४ प्रतिशत मत खस्यो

होमल्याण्ड खबर

२०७८ माघ १२ गते, बुधबार १३:४४ मा प्रकाशित

कर्णाली प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा ९४.७६ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म स्थानीय तहको १ सय ४७ र प्रदेशसभा सदस्यको ३४ मत खसेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जानकारी दिएको छ ।

कर्णाली प्रदेशमा जारी राष्ट्रियसभा निर्वाचनमा ९४.७६ प्रतिशत मत खसेको छ । दिउँसो १ बजेसम्म स्थानीय तहको १ सय ४७ र प्रदेशसभा सदस्यको ३४ मत खसेको प्रदेश निर्वाचन कार्यालय कर्णालीले जानकारी दिएको छ ।  कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीका अनुसार स्थानीय तहको ९४.२३ प्रतिशत र प्रदेश सभाको ९७.१४ प्रतिशत मत खसेको हो । रेग्मीले केही स्थानीय तहका प्रतिनिधि आउन बाँकी भएको जानकारी दिइन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी प्रदेशसभा सदस्य सोशिला शाहीले भने निर्वाचनमा भाग नलिएकी हुन् । उनले गठबन्धनमा राप्रपा नभएको कारण भोट हाल्न पनि नगएको शाहीले जानकारी दिइन् ।
निर्वाचन कार्यालयका अनुसार आजै मतगणना गर्ने  र मत परिणामसमेत आजै सार्वजनिक गर्ने तयारी गरिएको हो ।

बिहान नौ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्मका लागि तोकिएको हो ।