१ चैत्र २०८२, आईतवार
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमिति बैठक बोलाएका छन् । बैठक शुक्रबार बस्ने तयारी भएको सभापति देउवाको सचिवालयले जनाएको छ ।
कोरोना संक्रमणको जोखिमका कारण शुक्रबार बिहान ११ बजे भर्चुअल माध्यमबाट केन्द्रीय समिति बैठक बस्ने कांग्रेस महामन्त्री गगनकुमार थापाले जानकारी दिएका छन् ।


कांग्रेसको १४ औं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि तेस्रो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । विधानमा कांग्रेस केन्द्रीय कार्यसमिति १६८ सदस्यीय हुने व्यवस्था छ । अहिले १४८ केन्द्रीय सदस्य रहेका छन् ।