१ चैत्र २०८२, आईतवार
सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बोलाइएकाले संसद बैठकमा छलफल गर्ने विषय तय गर्न भोलि दिउँसो साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएका छन् ।


यो समितिमा सभामुखसहित संसदमा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधि रहनेछन् ।
यता संसद सचिवालयले भोलिको बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक गरेको छ। जसमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको आर्थिक वर्ष २०७७र०७८ को वार्षिक प्रतिवेदन पेश गर्ने र संविधानसभाका सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोकप्रस्ताव पारित गर्ने उल्लेख गरिएको छ।