१ चैत्र २०८२, आईतवार
शुक्रबारको लागि बोलाइएको नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । पार्टी पदाधिकारी चयनमा आन्तरिक गृहकार्य नपुगेको र कोरोना संक्रमणको जोखिम पनि कायमै रहेको कारण बैठक स्थगित गरिएको बताइएको छ ।
भोलि (शुक्रबार)बाट सुरु हुने केन्द्रीय कमिटीको बैठकले पदाधिकारी चयन गर्ने तयारी थियो ।

