फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित एमालेको आग्रह

होमल्याण्ड खबर

२०७८ माघ २७ गते, बिहीबार १७:२४ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २ गतेका लागि आह्वान गरिएको प्रतिनिधि सभाको बैठक सार्न आग्रह गरेको छ । एमाले प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ का लागि तोकिएको बैठक सार्न आग्रह गरिएको जानकारी दिए ।

‘फागुन २ भन्दा अगाडि नै वा त्यसपछि बैठक राख्न भनेर हामीले आग्रह गरेका हौं,’ उनले भने, ‘२ गते पार्टीको प्रदेश १ स्तरीय भेला भएकाले सार्न भनेका हौं ।’

आफूहरुले संसद् सचिवालयलाई मौखिक रुपमा आग्रह गरेको भट्टराईले जानकारी दिए ।

फागुन २६ गतेका लागि बोलाइएको बैठक सरकारको आग्रहमा फागुन २ गतेका लागि तोकिएको छ । प्रमुख प्रतिपक्षी दलले बैठक सार्न आग्रह गरे पनि यस बारेमा कुनै निर्णय नभएको बताइएको छ ।