एकीकृत समाजवादीले संसदमा एमसीसीको विपक्षमा मतदान गर्ने

होमल्याण्ड खबर

२०७८ फाल्गुन ४ गते, बुधबार १२:३६ मा प्रकाशित

नेकपा एकीकृत समाजवादी अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीको विपक्षमा मतदान गर्ने भएको छ । सरकारले आज प्रतिनिधिसभा बैठकमा एमसीसी अनुमोदनका लागि पेश गर्ने तयारी गरिरहेको छ । सरकारले एमसीसी टेवल गरे विपक्षमा उभिने निर्णय नेकपा एकिकृत समानबादीले गरेको हो ।

नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले सकेसम्म टेवल गर्ने वातावरण बनाउन नदिने यदि टेवल भए विपक्षमा मत हाल्ने र राष्ट्रभन्दा ठूलो सत्ता र गठबन्धन नभएको बताए ।

सत्तारुढ दल नेकपा ९माओवादी केन्द्र० ले पनि एमसीसी टेवल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । सरकारमा सहभागी अर्को दल जनता समाजवादी पार्टी ९जसपा०, नेपालले भने माओवादी र नेकपा एसले जे निर्णय गर्छन् सोही अनुसार अघि बढ्ने बताएको छ ।