१ चैत्र २०८२, आईतवार
नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा अवरोध कायम नै राख्ने भएको छ । प्रमुख सचेतक विशाल भट्टराईका अनुसार आफूहरुले उठाएको मागमा सत्ता गठबन्धन र सभामुखले सुनुवाइ नगरेका कारण संसदका कुनै पनि प्रक्रियामा भाग नलिने र नारावाजी गर्ने पुरानो निर्णय यथावत रहेको हो ।
‘हामीलाई संसदीय कामकारबाहीमा भाग लिने वातावरण सभामुख र सत्तारुढ गठबन्धनले नबनाएका कारणले गर्दा आफूहरु आन्दोलन गर्न विवश रहेको भट्टराईले बताए । आफूहरुमाथि गरेको व्यवहारका र विभेदका कारणले संसदमा जे विषय आए पनि संसदीय कामकारबाहीमा भाग लिन नसक्ने व्यहोरा उनले जनाए ।


उनका अनुसार कार्यव्यवस्था समितिको बैठकमा पनि एमाले सहभागी हुने छैन ।