बानेश्वरमा एप्रदर्शनकारीहरुमाथि पानीको फोहरा र अश्रुग्यास प्रहार

होमल्याण्ड खबर

२०७८ फाल्गुन १२ गते, बिहीबार १४:५२ मा प्रकाशित

आज बिहीबार बानेश्वरमा एमसिसीविरूद्ध उत्रिएका प्रदर्शनकारीहरुमाथि प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेपछि भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो।

प्रहरीले बनाएको सुरक्षाको घेरालाई प्रदर्शनकारीले तोडे। उनीहरूले धकेलेर घेरा तोडेपछि प्रहरीले लाठी चार्ज गरेको हो। त्यसलगत्तै प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेका हुन्। भीडलाई तितरबितर पार्न प्रहरीले वाटर क्याननको प्रयोग गरी पानीको फोहराले हानेको हो ।