२४ बैशाख २०८३, बिहीबार
नेपाली काँग्रेसका प्रवक्ता डाक्टर प्रकाशशरण महतले एमसीसी सम्झौंता संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्षी एमालेको पनि सहयोग रहेको दाबी गरे ।
आज पत्रकार सम्मेलन गरी प्रवक्ता महतले राजनीतिक कारणले एमसीसी संसदबाट अनुमोदन गराउन प्रमुख प्रतिपक्ष एमालेले औंपचारिक रुपमा सहभागिता नजनाए पनि अनौंपचारिक रुपमा सहयोग गरेको बताए । उनले एमसीसीबारे सकारात्मक दृष्टिकोण राखी संसद्बाट पारित गराउन अनौपचारिक ढंगले भएपनि सहयोग गरेको भन्दै एमालेलाई धन्यवाद दिए ।


प्रवक्ता महतले एमसीसी सम्झौंता पारित गराउन सबै दलको सहयोग रहेसँगै जनस्तरमा उठेका भ्रमको पनि निवारण भएको विश्वास व्यक्त गरे । उनले एमसीसीबारे जनस्तरमा अझै केही भ्रम भए त्यसलाई निवारण गरेर अघि बढन आफ्नो पार्टी लागि रहने प्रतिवद्धता समेत व्यक्त गरे ।