१ चैत्र २०८२, आईतवार
नेकपा एकीकृत समाजवादीको समसामयिक विषयमा पत्रकार सम्मेलन आज हुने भएको छ । मंगलबार दिउँसो २ बजे यस पार्टीले पत्रकार सम्मेलन गर्ने भएको हो । आज दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंकेट, थापागाउँमा पत्रकार सम्मेलन हुन लागेको समाजवादीका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए ।
खतिवडाका अनुसार समसामयिक विषयमा जानकारी गराउन सो पत्रकार सम्मेलन हुन लागेको हो । पत्रकार सम्मेलनमा उपस्थित हुन सञ्चारकर्मीलाई अनुरोध गरिएको छ ।


अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कार्पोरेशन ९एमसीसी० पारित भएपछि पहिलो पटक एकीकृत समाजवादीले पत्रकार सम्मेलन गर्न लागेको हो ।