जसपाको केन्द्रीय समिति बैठक सुरु

होमल्याण्ड खबर

२०७८ फाल्गुन २९ गते, आईतवार १३:२८ मा प्रकाशित

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित एक पार्टी प्यालेसमा बैठक सुरु भएको नेता मनिष सुमनले बताए । बैठकमा समसामयिक राजनीति र आगामी निर्वाचनबारे छलफल हुने छ

नेता सुमन, हिसिला यमी र नवराज सुवेदी गरी तीन सदस्यीय समितिले तयार पारेको निर्वाचन निर्देशिकाको मस्यौदा बैठकमा प्रस्तुत गर्ने तयारी छ । बैठकमा उक्त मस्यौदामाथि छलफल हुनेछ । मस्यौदालाई संघीय परिषद् बैठकले पारित गरिसकेको केन्द्रीय समिति बैठकले पनि सुझावसहित पारित गर्नेछ ।

शनिबारको बैठकमा संघीय परिषद्का अध्यक्ष डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक प्रतिवेदन पास भएको थियो ।