रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाको आरोप

होमल्याण्ड खबर

२०७८ फाल्गुन ३० गते, सोमबार १३:४९ मा प्रकाशित

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी परियोजनाको विरोध गरेकोमा प्रतिपक्षी दल नेकपा एमालेका नेता भीम रावलप्रति आक्रोश व्यक्त गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको भवन उद्घाटन कार्यक्रममा बोलेका प्रधानमन्त्री देउवाले रावलले मन्त्री हुँदा एमसिसीको विरोध नगरेको तर अहिले विरोध गरेको भन्दै देउवा आक्रोशित भएका हुन् ।

उनले ओली सरकारले संसदमा पेश गरेको एमसिसी प्रस्ताव आफूहरूले पारित गरेको बताए । उनलेभने, ‘ओली सरकारमा रावल रक्षामन्त्री हुँदा त्यो मन्त्रिपरिषदले एमसिसी पारित गरी संसदमा प्रस्ताव ल्याइएको हो । ’ रावलले दुई जिभ्रे कुरा गरेको प्रधानमन्त्री देउवाको आरोप छ।