नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल सडकमा पछारिए : शंकर पोखरेल

होमल्याण्ड खबर

२०७८ चैत्र ४ गते, शुक्रबार १६:३४ मा प्रकाशित

तत्कालीन नेकपा कब्जा गर्न खोज्दा प्रचण्ड र माधव नेपाल एकै चोटी सडकमा पछारिएको नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताएका छन्।

धादिङ एमालेको कार्यक्रमलाई शुक्रबार सम्बोधनका क्रममा महासचिव पोखरेलले सो कुरा बताएका हुन् ।

‘प्रचण्ड र माधव नेपालले कम्युनिष्ट सरकारको जनमत शेरबहादुर देउवाको पाउमा लगेर चढाउन खोजिएपछि प्रतिनिधिसभा विघटन गर्न परेको पनि उनले बताएका छन् ।

सोही क्रममा माधव नेपालले पनि अहिले आएर संसद विघटनको प्रस्ताव अघि सारेको भन्दै पोखरेलले कटाक्ष गरे।

‘माधवकुमार नेपालले एक दिन भनेछन्, एमालेले संसदमा नारा लगाइरह्यो, अब संसद भंग गरौँ’, उनले भने, ‘त्यही काम केपी ओलीले गर्दा बेठीक तर त्यही कुरा आफूले गर्न खोज्दा ठीक हुने भन्ने यो कस्तो राजनीतिक चरित्र हो ?’