कांग्रेसको निर्वाचन परिचालन समितिको पहिलो बैठक आज बस्दै

होमल्याण्ड खबर

२०७८ चैत्र १६ गते, बुधबार १३:३० मा प्रकाशित

नेपाली कांग्रेसको ‘स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन’ समितिको पहिलो बैठक आज बस्ने भएको छ । उपसभापति पूर्णबहादुर खड्का संयोजक रहेको उक्त समितिको पहिलो बैठकमा सातै प्रदेशका सभापतिसँग छलफल गरिने भएको छ ।

स्थानीय तहको निर्वाचनको तयारीमा जुट्नका लागि सातै प्रदेशका सभापति सहित पदाधिकारीको बैठक बस्न लागेको जनाइएको छ ।