एआईजी बढुवा सिफारिसविरुद्धको रिटको पेसी चुडालको एकल इजलासमा

होमल्याण्ड खबर

२०७८ चैत्र २२ गते, मंगलवार १३:०१ मा प्रकाशित

प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० पदमा बढुवा सिफारिस गर्दा विभेद गरेको भन्दै प्रहरी नायव महानिरीक्षक ९डीआईजी० ईश्वरबाबु कार्कीले दायर गरेको रिटको आज पनि पेसी तोकिएको छ । न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा रिटको पेसी तोकिएको हो ।

यही १७ चैतमा कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई विपक्षी बनाउँदै रिट दायर गरेका हुन् । उनले रिटमार्फत कनिष्ट डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय बदरको माग गरेका छन् ।

मन्त्रिपरिषद् बैठकले सोही दिन डीआईजीहरू वसन्त पन्त, धिरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । उनीहरूलाई गृहसचिव टेकनारायण पाण्डे संयोजक रहेको बढुवा समितिले १ चैतमा बढुवा सिफारिस गरेको थियो । तर, उनीहरूभन्दा वरीयतामा डीआईजी कार्कीसँगै अन्य डीआईजीहरू घनश्याम अर्याल र प्रकाश कार्की अघि थिए ।

पाण्डे नेतृत्वको समितिले वरीयता मिचेर बढुवा सिफारिस गरेको भन्दै डीआईजी कार्कीलगायत सर्वोच्च पुगेका हुन् ।