१ चैत्र २०८२, आईतवार
माओवादीबाट धादिङ जिल्लामा निर्वाचित एक मात्र गाँउपालिका बेनिघाट रोराङ अध्यक्ष पित्तवहादुर डल्लाकोटी (हरि) सोमबार एमाले प्रवेश गर्न एमाले अध्यक्ष केपी ओलीको निवास बालकोट पुगे । धादिङबाट निर्वाचित एमाले सांसद भूमि त्रिपाठी लगायतलाई साथ लिएर उनी ओली निवास पुगेका थिए । त्यहाँ ओलीले डल्लाकोटीलाइृ टिका र खादा लगाईदिएर एमालेमा स्वागत गरेका थिए ।
तर २४ घण्टा पनि उनी एमालेमा टिकेनन । उनले भोलिपल्टै वक्तब्य दिएर आफु माओवादी केन्द्रमै फर्किएको घोषणा गरे । आफुबाट कमजोरी भएको भन्दै आत्मआलोचनासहित माओवादीमै फर्किएको घोषणा गरेका गाँउपालिका अध्यक्ष डल्लाकोटीले आज विहान भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई खुमलटारमै पुगेर भेटेका छन् ।


‘अध्यक्षज्यू, केही मान्छेको परिबन्दमा परि बालकोट पुगेँ। यसमा मेरो गल्ती भो’, डल्लाकोटीले प्रचण्डसँग ब्यक्त गरेको भनाई उदधृत गदै प्रचण्डका स्वककीय सचिव रमेश मल्लले भने, ‘तर मलाई मैले बनाको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्। मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु। र, म २ दिनमै घर फर्केको छु ।’
प्रचण्ड निवासमै गएर आफुबाट कमजोरी भएको र केही मान्छेको प्रभावमा परेर गल्ती गदै बालकोट पुगेको भन्दै आत्मआलोचना गरेका डल्लाकोटीलाई त्यसपछि माओवादी अध्यक्ष प्रचण्डले भने ‘गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् ।’