व्यास नगरपालिकाकाे मेयरमा कांग्रेसबाट १५ जनाको दाबी

होमल्याण्ड खबर

२०७८ चैत्र २४ गते, बिहीबार ११:५३ मा प्रकाशित

तनहुँको व्यास नगरपालिकामा मेयरका लागि नेपाली कांग्रेसबाट १५ जनाले दाबी पेश गरेका छन् । नगर समितिले आकांक्षीहरुको नाम संकलन गर्ने क्रममा १५ जनाले नाम टिपाएका हुन् ।

हालका मेयर देखि पत्रकार र जिल्ला समन्वय समिति प्रमुख समेतले नाम दिएका छन् । मेयरमा आकांक्षा गर्नेहरूमा हालका मेयर वैकुण्ठ न्यौपाने, पत्रकार डम्बर अधिकारी, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नाम छ ।

यस्तै, रघुनाथ पौडेल, दीपकराज जोशी, डा। शेषरमण न्यौपाने, वृषराज श्रेष्ठ, लक्ष्मी भक्त खनाल, देवकुमार श्रेष्ठले पनि नाम टिपाएका छन् । समुन्द्र गोदार, ई। हरिदत्त पौडेल, विश्वनाथ बास्तोला, अशोक कुमार श्रेष्ठ, विद्या खनाल र शंकर पौडेल आकांक्षा देखाएका नगर समितिले जनाएको छ ।

उपप्रमुखमा ७ जनाको नाम संकलन भएको छ । नारायणी अधिकारी, कल्पना कोइराला पोख्रेल, इन्दिरा दरै, नोमा थापा, मिरा जोशी, मुन्नी शाही र विणा कैनीले दाबी गरेका छन् । सम्बन्धित नाममा छलफलबाट सर्वसम्मतको प्रयास हुने कांग्रेस ब्यासले जनाएको छ ।