९ मंसिर २०८१, आईतवार
विश्व स्वास्थ्य संगठन डब्लुएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयस वैशाख ८ गते नेपाल आउने भएका छन्। उनी तीन दिनको लागि सद्भाव भ्रमणका लागि नेपाल आउन लागेका हुन् ।
डब्लुएचओका गेहब्रेयससहितको टोली वैशाख ८ गते नेपाल आइपुग्ने स्वास्थ्य सचिव रोशन पोखरेलले जानकारी दिए । नेपाल आएको बेला डा।गेहब्रेयसले विभिन्न भेटघाट कार्यक्रम रहेको पोखरेलले बताए ।