८ मंसिर २०८१, शनिबार
एप्पलको आईफोनको उत्पादकले सांघाईमा उत्पादन कार्य बन्द गरेको छ । सरकारले कोभिड–१९ रोकथामको लागि लकडाउन गरेपछि पेगाट्रनले सांघाई र कुन्सानका कारखानाहरूको सञ्चालन अस्थायी रुपमा बन्द गरेको हो ।
स्थानीय सरकारले मंगलबार सांघाईमा कोभिडसम्बन्धी प्रतिबन्ध खुकुलो बनाएपछि कम्पनीले उत्पादन अस्थायी रूपमा बन्द गरेको जनाइएको छ । प्रतिबन्ध खुकुलो भएसँगै सहरका २ करोड ५० लाख मानिसहरू केही साताको ‘बन्दी’ पछि घरबाहिर निस्कन पाउने भएको जनाइएको छ ।
कम्पनीले सक्दो चाँडो पुनः सञ्चालन गर्ने जनाएको छ । प्रमुख एप्पल म्याकबुक निर्माता क्वान्टा र आईप्याड निर्माता कम्पल इलेक्ट्रोनिक्सले पनि चिनियाँ शहरमा उत्पादन कार्य राक्ने जापानी अखबार निक्केईले जनाएको छ । ९एजेन्सी०