बागमती प्रदेशका सांसद विजय सुवेदीले दिए राजीनामा

होमल्याण्ड खबर

२०७९ बैशाख ८ गते, बिहीबार १६:२५ मा प्रकाशित

नेकपा एमालेबाट भरतपुर महानगरपालिकाको प्रमुख पदमा सर्वसम्मत सिफारिस भएका बागमती प्रदेशसभा सांसद विजय सुवेदीले राजीनामा दिएका छन्। उनले आज बिहीबार सभामुख सानुकुमार श्रेष्ठ समक्ष राजीनामा पत्र बुझाएका हुन्।