कांग्रेसबाट गोरखा नगरपालिका मेयरमा टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १३:४७ मा प्रकाशित

नेपाली कांग्रेसबाट गोरखा नगरपालिकामा मेयरको टिकट पाएका विश्वदेव श्रेष्ठमाथि हातपात भएको छ । आफूले भनेको मान्छेले टिकट नपाएको भन्दै आक्रेसित भिडले उनीमाथि हातपात गरेका हुन् ।

यसअघि आजै विहान गोरखास्थित पार्टी कार्यालयमा कार्यकर्ताहरुले तालबान्दी गरेका गरेका थिए ।

कांग्रेस गोरखाका केही कार्यकर्ताले हालकै मेयर राजनराज पन्तलाई मेयरमा देहोर्याउन पर्ने माग गरिरहेका थिए ।