काठमाडौं र भक्तपुरमा कांग्रेसले टुंग्यायो मेयर र उपमेयरका उम्मेदवार

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १४:४१ मा प्रकाशित

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि काठमाडौं र भक्तपुरका सबै नगरपालिकामा उम्मेदवारको टुंगो लगाएको छ ।

वाग्मती प्रदेश संसदीय समितिले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको मेयरमा उपेन्द्र कार्कीलाई उम्मेदवार बनाएको छ । त्यस्तै, गोकर्णेश्वर नगरपालिकाको मेयरमा दीपक रिसाल र उपमेयरमा शान्ति नेपाललाई उम्मेदवार बनाएको छ ।

चन्द्रागिरी नगरपालिकाको मेयरमा घनश्याम गिरी र उपमेयरमा यमुनादेवी श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

तारकेश्वर नगरपालिकाको मेयरमा कृष्णहरि महर्जन र उपमेयरमा श्रृजना बुर्लाकोटी, दक्षिणकाली नगरपालिकाको मेयरमा मोहन बस्नेत र उपमेयरमा बसन्ती तामाङ, नागार्जुन नगरपालिकाको मेयरमा मोहनबहादुर बस्नेत र उपमेयरमा कल्याणी खड्का, बुढानिलकण्ठ नगरपालिकाको मेयरमा विनोद चालिसे र शंखरापुर नगरपालिकाको मेयरमा ओम कार्की र उपमेयरमा समिता श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

भक्तपुरको मध्यपुरथिमि नगरपालिकाको मेयरमा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायक नगरपालिकाको मेयरमा निशान ढुंगेल, चाँगुनारायण नगरपालिकाको मेयरमा जीवन खत्री र भक्तपुर नगरपालिकाको मेयरमा राम कासुलालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।