भरतपुरमा रेनु र अधिकारीले गराए मेयर उपमेयरमा उम्मेदवारी दर्ता

होमल्याण्ड खबर

२०७९ बैशाख १२ गते, सोमबार १६:१४ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनको साझा उम्मेदवारको रुपमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले मेयर पदमा उम्मेदवारी दर्ता गराएकी छन् ।

निर्वाचन अधिकृतको कार्यालयमा र्‍पालीसहित पुगेर दाहालले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् । यस्तै उप मेयरमा गठबन्धनकै साझा उम्मेदवारको रुपमा कांंग्रेसका चित्र सेन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

अधिकारी काँग्रेसको भरतपुर महानगरपालिका कमिटीका सभापति हुन् ।