एउटै दलबाट दुई जनाको उम्मेदवारी परेका २० वटा विवाद सुल्झियो

होमल्याण्ड खबर

२०७९ बैशाख १४ गते, बुधबार १२:४३ मा प्रकाशित

निर्वाचन आयोगले एउटै दलबाट दुईजनाको मनोनयन परेका करिब २० वटा उम्मेद्वारीको विवाद सुल्झाएको छ। निर्वाचन आयोगको निर्देशनमा देशभरका निर्वाचन अधिकृतहरुले सम्बन्धित दलको आधिकारिक व्यक्तिमाथि सोधपुछ गरेर पत्रमार्फत आधिकारिक उम्मेद्वार खुलाउन लगाई विवाद समाधान गरेका हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिकराम शर्मा पौडेलले तराई र कर्णाली प्रदेशमा यस्तो समस्या देखिएको र अहिले समाधान भइसकेको जानकारी दिएका छन् ।