निर्वाचन आयोगले मन्त्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

होमल्याण्ड खबर

२०७९ बैशाख १४ गते, बुधबार १६:४९ मा प्रकाशित

निर्वाचन आचारसंहिता लागू भएपछि अमेरिका भ्रमण गरेको विषयमा सहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

आयोग स्रोतका अनुसार निर्वाचन आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन। झाँक्री कुनै अनुमति वा जानकारी बिना नै अमेरिका भ्रमणमा गएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

मन्त्री झाँक्रीको विषयमा उजुरी परेको र उनी विदेश भ्रमणमा गएको पुष्टि भएको आयोग स्रोतले जानकारी दिएको छ।

आयोगलाई मन्त्री झाँक्रीले जवाफ पठाएको तर के लेखेको भन्नेबारे थाहा नभएको पनि बताइएको छ ।