२ चैत्र २०८२, सोमबार
काठमाडौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले आफ्नो अग्रता थप बलियो बनाएका छन् । पछिल्लो मत परिणामअनुसार एक लाख ९ हजार ५३७ गणना हुँदा बालेनले ३९ हजार ६ मत पाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह आएकी छन् ।
सिंह बालेनभन्दा १६ हजार ९७४ मतले पछाडि रहेकी छन् । सिंहले २२ हजार ७२ मत पाएकी छन् । तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित रहेका छन् । उनले २१ हजार ५७१ मत पाएका छन् । उनी सिंहभन्दा ५०१ मतले पछि छन् ।

