२ चैत्र २०८२, सोमबार
देशभरका ७२७ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। निर्वाचन आयोगकाअनुसार हालसम्म ७२७ स्तानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको हो । जसमध्ये, नेपाली कांग्रेस १३२ मेयर र १८७ अध्यक्ष गरी ३१९ स्थानीय तह जितेर पहिलो शक्ति बनेको छ ।
यस्तै, नेकपा एमाले ७६ मेयर र १२३ अध्यक्ष जितेर दोस्रो स्थानमा पाएको छ भने नेकपा माओवादी केन्द्रले २४ मेयर र ९६ अध्यक्ष जित्दा नेकपा एकीकृत समाजवादीले ९ पालिका प्रमुख जितेको छ ।


त्यस्तै जसपाले २१ तथा अन्य दल र स्वतन्त्र गरी २५९ तहमा जित हात पारेका छन् ।
हालसम्म ५ महानगरपालिका र २ उपमहानगरसहित २६ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ। काठमाडौँ, ललितपुर, भरतपुर, पोखरा र वीरगंज महानगरपालिका र जनकपुरधान र तुलसीपुर उपमहानगरको मतगणना जारी छ ।
हाल जारी मतगणनाअनुसार नेकपा एमाले र नेपाली कांग्रेस ६–६ स्थानमा, माओवादी केन्द्र र एकीकृत समाजवादी २२ स्थानमा अघि हुँदा अन्यले ८ ठाउँमा अग्रता लिएका छन् ।
२ वटा पालिकाको मतगणना अझै सुरू भएको छैन।