१३ मंसिर २०८१, बिहीबार
विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको महानिर्देशकमा पुनस् डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुनस् महानिर्देशकमा निर्वाचित गरेका हुन् ।
गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित भएका थिए । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उनी पुनस् अर्को कार्यकालका लागि निर्वाचित भए । गेब्रेयसस एक्लो उम्मेदवार थिए । ‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि उनले भनेका छन्, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु ।
स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उनको भनाइ छ । महानिर्देशक डा। टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।