संघीय संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि सैद्धान्तिक छलफल हुने

होमल्याण्ड खबर

२०७९ जेष्ठ १७ गते, मंगलवार ११:३० मा प्रकाशित

संघीय संसदअन्तर्गत मंगलबार(आज) दुवै सदनको बैठक बस्दैछ ।

दुवै सदनको बैठकमा सरकारले जेठ १५ गते राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको आगामी आर्थिक वर्ष २०७९\०८० माथि सैद्धान्तिक छलफल हुनेछ। दुवै सदनको बैठक बिहान ११ बजेबाट शुरु हुनेछ।