२ चैत्र २०८२, सोमबार
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ।
अध्यक्ष महन्थ ठाकुरको नेतृत्वमा लोसपाका शीर्ष नेताहरू आज बिहान बालुवाटार पुगेर प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुर्झाएका हुन्।


पार्टीले उठाउँदै आएका माग, मुद्दा सम्बोधन गर्नुपर्ने, नागरिकता विधेयक संसद्बाट पारित गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायतका विषयमा ज्ञापनपत्र बुझाएका हुन् ।
यसअघि शनिबार प्रधानमन्त्री देउवा र लोसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता भएको थियो। त्यो दिन दुई नेताबीच नागरिकता विधेयक, लोसपाको माग, संघ र प्रदेशको आगामी निर्वाचनमा सहकार्यको सम्भावना लगायतका विषयमा छलफल भएको थियो।
