२ चैत्र २०८२, सोमबार
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता भीम रावलले संसद्बाट पारित ‘व्याख्यात्मक घोषणा’ एमसीसीको अंग बनेर/नबनेको बारे जानकारी गराउनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा उनले यस विषयमा सदनमार्फत जनतालाई जानकारी गराउनुपर्ने बताएका हुन् । १२ बुँदे व्याख्यात्मक घोषणा सम्झौताको अंग भएको पत्र प्राप्त नभएको उनले उल्लेख गरे । उनले बजेटमा रहेका विषयहरू कार्यान्वयनको आधार नभएको तर्क गरे । काठमाडौंको फोहोर व्यवस्थापन नगर्दा फोहोर संकटकालको स्थिति उत्पन्न भइसकेको भन्दै सफा गरेर देखाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे ।