९ मंसिर २०८१, आईतवार
इटालीमा हेलिकोप्टर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। शनिबार बिहान एयर ट्राफिकबाट हराएको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो। दुर्घटनमा परी एक जना इटालियन पाइलट, चार जना टर्कीका नागरिक र अरू दुई जना लेबनानका नागरिककाे मृत्यु भएको छ।
मध्य इटालियन क्षेत्रमा पर्ने एमिलिया रोमाग्ना नजिकैको एक पहाडको बाटो भएर सो हेलिकोप्टर उडेको थियो। सोही पहाडको नजिक पुगेर हेलिकोप्टर दुर्घटनाग्रस्त भएको हो। बेपत्ता हेलिकोप्टरको शनिबार दिनभरि खोजी भएको थियो। साँझ मात्र हेलिकोप्टर फेला परेको उद्धारकर्मीले जनाएका छन्।प्रारम्भिक अनुसन्धानले मौसमको खराबीका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताएको छ। प्रहरीले घटनाको बारेमा थप अनुसन्धान गरिरहेको छ।