२ चैत्र २०८२, सोमबार
प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सरकार नेपाली कांग्रेसको एकलौटी नभएको बताएका छन् । नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसको एकलौटी सरकार नभएकाले ठूलो अपेक्षा नलिन आग्रह गरेका छन् ।
‘एउटा कुरा के बुझ्नु पर्यो तपाईंहरूले भने यो कांग्रेसको एकलौटी सरकार होइन, यो नबुझिकन धेरै क्लिम गर्ने होइन्,’ उनले भने । उनले कोरोना भाइरसका कारण नेपालको अर्थतन्त्र खुम्चिदै गएको बताउँदै यसलाई सरकारले सुधार गर्ने बताए । उनले श्रमजिवीको रोजीरोटीको सुविधाका लागि सबैले सोहीअनुसार काम गर्नु पर्ने अवस्था आएको बताए ।


उनले वर्तमान सरकार श्रमजिवीको हकहितका लागि प्रतिबद्ध भएको बताए । उनले श्रमिकहरूको हक अधिकारका लागि नेपाल ट्रेड युनियन कांग्रेसलाई सकारात्मक भूमिका खेल्न आग्रह गरे ।