अफगानिस्तानमा भूकम्पः कम्तीमा २५० को मृत्यु, कयौं घाइते

होमल्याण्ड खबर

२०७९ असार ८ गते, बुधबार १२:४५ मा प्रकाशित

अफगानिस्तानमा शक्तिशाली भूकम्पमा परी कम्तीमा २५० जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका तस्बिरबाट घाइतेको सङ्ख्या अनुमान गरिएको छ। सबैभन्दा बढी क्षति पक्तिका प्रान्तमा भएको छ। यस प्रदेशमा ठूलो संख्यामा घर भग्नावशेषमा परिणत भएका छन्। यहाँबाट आएको तस्विरमा घाइतेहरुलाई स्ट्रेचरमा बोकेर हिँडेको देख्न सकिन्छ ।

एक स्थानीय अधिकारीले बीबीसीलाई मृतकको संख्या अझै २५० रहेको तर यो संख्या अझै बढ्न सक्ने बताएको छ।घाइतेको संख्या १५० भन्दा बढी रहेको उनले बताए। जानकारीका अनुसार भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वी सहर खोस्तबाट ४४ किलोमिटर टाढा रहेको थियो।अफगानिस्तान, पाकिस्तान र भारतमा भूकम्पको धक्का महसुस गरिएको छ। जानकारीका अनुसार भूकम्पको धक्का अफगानिस्तानको राजधानी काबुल र पाकिस्तानको राजधानी इस्लामावादसम्म महसुस गरिएको थियो ।