माओवादी केन्द्रीय समिति बैठक स्थगित, भोलि १ बजे बस्ने

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार १०:२७ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आजको बैठकमा तयारी नपुगेको भन्दै बैठक स्थगित गरिएको हो । बैठक (भोली) बुधबार १ बजे बस्ने पार्टी प्रवक्ता कृष्ण बहादुर महराले बताए ।

यता, अहिले खुमलटारमा पुर्व स्थायी समिति सदस्यहरुको बैठक जारी छ । सोमबार ४३ जना केन्द्रीय सदस्यहरुले पार्टीका विषयमा विभिन्न जिज्ञासा राखेका थिए भने केन्द्रीय सदस्यहरूले राखेका जिज्ञासामाथि जवाफ दिने र संगठनको प्रस्ताव पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने कार्य सूची थियो । पदाधिकारी चयन लगायतबारे अन्तरिक छलफल गर्न आजको बैठक स्थगित गरिएको बताइएको छ ।