प्रधानमन्त्रीलाई भेटेर चुनावको मिति प्रस्ताव गर्ने निर्वाचन आयोगको तयारी

होमल्याण्ड खबर

२०७९ असार २१ गते, मंगलवार १४:०४ मा प्रकाशित

निर्वाचन आयोगले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर संघीय तथा प्रदेशसभा निर्वाचनको मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आगामी प्रदेश र संघको चुनावको मिति प्रस्ताव गर्न प्रधानमन्त्रीलाई भेटेर छलफल गर्न समय मागिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।
थपलियाले कात्तिक ३० गते वा मंसिरको पहिलो साता मिति प्रस्ताव गर्ने तयारी गरिएको बताए । कात्तिक महिनामा तिहार र छठ भएकाले मंसिर पहिलो साता चुनाव गर्न सुझाव आएको बताइएको छ । आयोगले प्रदेश र संघको चुनाव एकै चरणमा गर्न सकिने भन्दै सोही अनुसार तयारीमा जुटिसकेको छ ।