२ चैत्र २०८२, सोमबार
अर्थमन्त्री जर्नादन शर्मामाथी बजेट निर्माणका क्रममा अनाधिकृत ब्यक्ति अर्थमन्त्रालयमा प्रवेश गराई बजेटको करको दररेटमा हेरफेर गरेको विषय छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाएपनि एमालेले संसद बैठक बहिष्कार गरेको छ । अर्थमन्त्री जर्नादन शर्माले आफुमाथी उठेका प्रश्नहरुको जवाफ दिन संसदमा पुगेका बेला एमालेले भने उनले अव अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नसक्ने भन्दै बैठक बहिष्कार गरेको हो ।
एउमाले नेता योगेश भटटराईले अर्थमन्त्रीका रुपमा मात्र नभई पूर्व अर्थमन्त्रीका रुपमा समितिले अव बयान लिने भन्दै उनले अर्थमन्त्रीका रुपमा संसदमा बोल्न नपाउने बताएका थिए । भटटराईले अर्थमन्त्रीका रुपमा जर्नादन शर्मालाई नस्वीकार्ने बताएपछि एमाले सांसदहरु बैठक छोडेर हिडेका थिए ।

