माओबादीको वरिष्ठ उपाध्यक्षमा नाराणकाजी

होमल्याण्ड खबर

२०७९ असार २३ गते, बिहीबार १७:२१ मा प्रकाशित

नेकपा माओवादी केन्द्रको वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ चयन हुने लगभग पक्का देखिएको छ । आज जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले यस्तो संकेत गरेका हुन् ।

आजको बैठकमा पोलिटब्युरो र स्थायी कमिटीको घोषणा गरेपश्चात प्रचण्डले पदाधिकारीबारे बोलेका थिए । उनले गृहकार्य नपुगेको भन्दै पदाधिकारी टिमको घोषणा गर्न केही दिन समय मागे । तर वरिष्ठ उपाध्यक्षणमा नारायणकाजीको नाम लिए ।

प्रचण्डले भने, ‘वरिष्ठ उपाध्यामा त नारायणकाजीको बिकल्प को छ र रु खगराजजीले पढ्नुहुन्छ, मात्रिकाजीले विरोध गरिहाल्नुहुन्छ ।’ उनले सबैको अनुहार उज्यालो हुने गरी आफूले पदाधिकारी टिम घोषणा गर्ने उल्लेख गरे ।