प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, नागरिकता विधेयक फिर्ता लिने

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार १०:५१ मा प्रकाशित

संघीय संसद् प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। संघीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो २ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।

आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका ज्येष्ठ सदस्य मुकन्द न्यौपानेले ‘नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०७९ पेस गर्ने कार्यसूची छ।

सचिवालयका अनुसार गृहमन्त्री बालकृष्ण खाणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने प्रस्ताव प्रस्तुत् गर्ने कार्यसूची रहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संसदमा प्रस्तुत् गर्ने कार्यसूची रहेको छ।