जापानका पूर्वप्रधानमन्त्री आबेलाई गोली हान्ने पक्राउ

होमल्याण्ड खबर

२०७९ असार २४ गते, शुक्रबार १२:४५ मा प्रकाशित

 जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेलाई गोली हान्ने एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४१ वर्षीय यामागाती तेत्सुया रहेका छन् ।

आबेको स्वस्थ्य अवस्था चिन्ताजनक रहेको जापानका संचारमाध्यमहरुले जनाएका छन् । प्रहरीले गोली हान्ने व्यक्तिको बारेमा थप अनुसन्धान गरिरहेको छ । आबे चुनावको दौडानमा थिए । स्थानीय नारा सहरमा भाषण गरिरहेको बेला आबेमाथि गोली प्रहार भएको थियो ।

६७ वर्षीय आबे लिबरल डेमोक्रेटिक पार्टीमा आवद्ध छन् ।