शेखर कोइराला पक्षका पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठक बस्दै

होमल्याण्ड खबर

२०७९ असार २६ गते, आईतवार ११:४५ मा प्रकाशित

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पक्षका नेताहरुको बैठक आज बस्दै छ । सोमबारबाट सुरु हुने केन्द्रीय समिति बैठक अगाडि आफ्नो पक्षका नेताहरुको एकीकृत धारणा बनाउन बैठक बस्न लागेको हो।काठमाडौंको बालुवाटारस्थित डा. कोइरालाको सम्पर्क कार्यालयमा दिउँसो एक बजे बैठक बोलाइएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले पार्टी सन्चालन गरेको, विधान मिचेको लगायतका आरोप शेखर कोइराला पक्षले लगाउँदै आएको छ । यसअघि पनि बसेको कोइराला पक्षको बैठकले पदाधिकारी र केन्द्रीय सदस्यहरुबीच छलफल गरेर केन्द्रीय समिति बैठकमा सहभागी हुने निर्णय गरेको थियो । सोही निर्णय अनुसार आज बैठक बस्न लागेको कोइराला पक्षका एक नेताले जानकारी दिए ।