यस्तो छ उपसभामुखको निर्वाचन कार्य तालिका

होमल्याण्ड खबर

२०७९ असार २९ गते, बुधबार १२:३९ मा प्रकाशित

लामो समयदेखि रिक्त रहेको प्रतिनिधि सभाको उपसभामुख चयनका लागि असार ३१ गते निर्वाचन हुने भएको छ ।आज बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका हुन् ।नेपालको संविधानको धारा ९१ एव् प्रतिनिधि सभा नियमावली,२०७५ को नियमावली ८ बमोजिम प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचन असार ३१ गते शुक्रबार दिउँसो ३ बजे हुने प्रतिनिधि सभाको सचिव गोपालनाथ योगीले जानकारी दिए ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त थियो ।