जटिल रोगका विरामीलाई भत्तादेखि एमालेले ९ महिनादेखि चल्न नदिएको संसद अवरोधको अन्त्यसम्म

होमल्याण्ड खबर

२०७९ असार २९ गते, बुधबार १३:४० मा प्रकाशित

प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री बनेको आज एक वर्ष पुगेको छ । बालुवाटारले देउवा सरकारको ४२ उपलब्धी सार्वजनिक गरेका छन् । देउवा सत्ता गठबन्धनमा रहेका काँग्रेस बाहेकका ४ दलको समर्थनमा गत वर्षको असार २९ मा प्रधानमन्त्री बनेका थिए ।

गरिबीको रेखामुनि रहेका जनतालाई अत्यावश्यक वस्तुहरू सुपथ मूल्यमा वितरण गर्न गरिव घर परिचय पत्रको व्यवस्था गरिएको उल्लेख छ । ग्रामीण क्षेत्रमा आकस्मिक दुर्घटना, वाढी पहिरो, प्राकृतिक प्रकोप जस्ता विपतको बेला सेवा प्रदान गर्न एयर एम्बुलेन्सको व्यवस्था गरिएको बताइएको छ ।