सिंहदरबारमा प्रचण्ड र बाबुरामबीच भेटवार्ता, आजै माधवसहितका नेताको छुट्टै बैठक

होमल्याण्ड खबर

२०७९ श्रावण ३ गते, मंगलवार १४:०८ मा प्रकाशित

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र डा। बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । मंगलबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो ।

पूर्वप्रधानमन्त्रीद्वय प्रचण्ड र भट्टराईबीच छलफल जारी रहेको स्रोतले जानकारी दियो । उनीहरुबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भइरहेको बताइएको छ ।

साथै आज साँझ नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र राष्ट्रिय सभा सदस्य वामदेव गौतमबीच पनि छलफल हुने बताइएको छ ।

यसअघि प्रचण्ड र बाबुरामबीच उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा पनि छलफल भएको थियो । माओवादीबाट छुट्टिएका बाबुराम पुनः एक हुने तयारीमा जुटेका छन् । डा। भट्टराईलाई केही दिनअघि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेका थिए ।