नागरिकता विधेयकविरुद्ध बानेश्वरमा प्रदर्शन हुँदै

होमल्याण्ड खबर

२०७९ श्रावण ६ गते, शुक्रबार ११:३९ मा प्रकाशित

साना पाँच कम्युनिस्ट पार्टीले आज नागरिकता विधेयकविरुद्ध विरोध प्रदर्शन गर्ने भएका छन् ।

विरोध प्रदर्शन गर्ने साना पाँच कम्युनिस्ट पार्टीमा नेकपा, नेकपा (क्रान्तिकारी माओवादी) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत छन् । उनीहरुले मध्यान्ह १२ बजे नयाँ बानेश्वरमा विरोधको कार्यक्रम राखेका छन् ।

गृहमन्त्री बालकृष्ण खाणले आज प्रतिनिधि सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ लाई पारित गरियोस् भन्ने प्रस्ताव पेश गर्दैछन् ।